प्याब्सन केन्द्रीय अध्यक्ष्ँ सम्वाहाम्फेलाई हराउदै एमाले पुर्व अध्यक्ष्ँ कन्दङवा विजयी

तेह्रथुम निर्वाचन क्ष्ँेत्र नम्वर १ प्रदेशसभा (ख) वाट बामगठवन्धनका उमेदवार एमाले पुर्व अध्यक्ष्ँ तेजमान कन्दङवा विजयी हुनुभएको छ । वाम गठबन्धनमा नेकपा एमालेबाट उम्मेदवार बन्नु भएका कन्दङवाले १० हजार ३ सय २ मत ल्याएर विजयी हुनु भएको हो । उहाले व्याव्सन केन्द्रीय अध्यक्ष्ँ समेत रहनु भएका कांगे्रस उमेदवार विजय सम्वाहाम्फेलाई २ हजार २ सय २२ मत अन्तरले पराजीत गर्नुभएको हो । उहाका निकटतम प्रतिद्धन्द्धी सम्वाहाम्फेले ८ हजार ४७ मत प्राप्त गर्नुभएको छ । प्रदेशसभा (क) मा पनि बाम गठवन्धनका उमेदवार एमाले अध्यक्ष्ँ लक्ष्मण तिवारी ११ हजार ७ सय २६ मत [..पुरा पढ्नुहोस >>]

एमाले अध्यक्षद्धारा कांग्रेस सभापती पराजीत

तेह्रथुम निर्वाचन क्षेत्र नम्वर १ प्रदेशसभा (क) वाट बामगठवन्धनका उमेदवार एमाले अध्यक्ष लक्ष्मण तिवारी विजयी हुनुभएको छ । वाम गठबन्धनमा नेकपा एमालेबाट उम्मेदवार बन्नु भएका तिवारी ११ हजार ७ सय २६ मत ल्याएर विजयी हुनु भएको हो । उहाले कांग्रेस उम्मेदवार गोविन्द ढुंगानालाई १ हजार ४ सय ६६ मतअन्तरले पछि पार्नु भएको छ । कांग्रेस जिल्ल्ला सभापती समेत रहनु भएका उम्मेदवार ढुंगानाले १० हजार २ सय ६० मत प्राप्त गर्नु भएको छ । प्रदेशसभा (ख) मा पनि बाम गठवन्धनका उमेदवार एमाले पुर्व अध्यक्ष तेजमान कन्दङवाको अग्रता कायमै छ । पछिल्लो [..पुरा पढ्नुहोस >>]

रेडियो तीनजुरे संचालक समिति अध्यक्ष्ँ तथा बामगठवन्धनका तर्पm वाट तेह्रथुम प्रदेससभा निर्वाचन क्ष्ँेत्र नम्वर १ का उमेदवार लक्ष्मण तिवारीको स्वास्थ्यमा सुधार, केहीवेरमै वसन्तपुर आईपुग्दै ………..

तेह्रथुम, मंसिर २१ – तेह्रथुमको वसन्तपुरमा रहेको रेडियो तीनजुरे संचालक समितिका अध्यक्ष्ँ तथा बामगठवन्धनका तर्फ वाट प्रदेशसभा निर्वाचन क्ष्ँेत्र नम्वर १ का उमेदवार लक्ष्मण तिवारीको स्वास्थ्य अवस्थामा सुधार भएको छ । स्वास्थ्य उपचार पछि तिवारीलाई अस्पतालले डिस्चार्ज गरेको छ । अहिले विहान केहीवेर पछि तिवारी हेलीकप्टर मार्फत वसन्तपुर आउदै हुनुहुन्छ । स्वास्थ्यमा सामान्य समस्या देखीए पछि स्वास्थ्य परिक्षणका लागि हिजो काठमाडौं जानुभएका उमेदवार तिवारीको स्वास्थ्य अवस्था सामान्य रहेको चिकित्सकले जनाएका छन् । सहिद गंगालाल हृदयरोग केन्द्र महाराजगञ्जमा उपचार पछि उमेदवार तिवारी आफैलाई भोट हाल्न केहीवेरमै वसन्तपुर आईपुग्ने उहाकी श्रीमती अञ्जु न्यौपानेले [..पुरा पढ्नुहोस >>]

किराँत समूदायको ठुलो चाड उधौली पर्व मनाइदै

मंसिर १७ – आज किराँत समूदायको ठुलो चाड उधौली पर्व मनाइदैछ । प्रकृति र पितृको पूजा गरि किराँत समूदायले आफूले लगाएको अन्नबाली पाकेपछी आफ्नो कुल देवतालाई चढाएपछि मात्र खाने दिनलाई चाडका रुपमा मनाउन गर्दछन् । परम्परा अनुसार २ दिन अघि लिम्बुले चासोक तग्नाम पर्व मनाउने गर्छन् भने याख्खाले चासुवा, सुनुवारले खोल स्यादर र राईले उधौली साकेला भनेर आज संयुक्तरुपमा मनाउने गरिन्छ । किराँत राईको मुख्य पर्व साकेला उभौली बैशाख पूर्णिमाको दिन र उधौली मंसिर पूर्णिमाको दिन मनाइन्छ । यस पर्वको मेलामा सबै उमेरका मानिसहरु आपसमा गोलो घेरा बनाएर नाच्ने गर्दछन् [..पुरा पढ्नुहोस >>]

उमेदवारलाई लक्ष्ँित गरी तेह्रथुममा बम विस्फोट, उमेदवार सवार गाडीमा क्ष्ँती

तेह्रथुम, मंसिर १६ :- चुनावी सभालाई सम्वोधन गर्न जांदै गरेका बामगठवन्धनका नेतालाई लक्ष्ँीत गरी तेह्रथुमको छथर गाउ“पालिका १ आङदीममा शनिवार अपरान्ह बम विस्फोट भएको छ । तेह्रथुमको शुक्रवारे वजारमा बामगठवन्धनले आयोजना गरेको संयुक्त चुनावी सभालाई सम्वोधन गर्न जांदै गरेका एमाले पोलीटव्युरो सदस्य तथा तेह्रथुम वाट प्रतिनिधीसभा समानुपातीक उमेदवार डाक्टर विजय सुव्वालाई लक्ष्ँीत गरी तेह्रथुम र धनकुटाको सिमा तेलीया खोलामा बम विस्फोट भएको हो । विस्फोटमा परी सुव्वा सहित अन्य नेता सवार मे १ ज २०२ नम्वरको ल्याण्डरोभर गाडीको पछाडीको भागमा क्ष्ँती पुगेको तर गाडीमा सवार नेता कार्यकर्ता सवै सकुसल रहेको [..पुरा पढ्नुहोस >>]

स्वाधीनता, समृद्धि र समाजवादको आधार बामपन्धी सरकार मात्र भएको नेकपा एमालेका पोलिटप्युरो सदस्य पर्शुमेघी गुरुङ्गको दावी

तेह्रथुम, मंसिर १५ – नेकपा एमालेका पोलिटप्युरो सदस्य पर्शुमेघी गुरुङ्गले स्वाधीनता, समृद्धि र समाजवादको आधार बामपन्धी सरकार मात्र भएको दावी गर्नुभयो । बामपन्थीहरुको जीत भएमा मात्र शान्ति लोकतन्त्र, स्वाधिनता, स्वभिमान साथै सुखी जनता र समृद्ध नेपाल बन्ने उहाँले बताउनुभयो । तेह्रथुमको मेन्छेयायेम गाउपालिकाको मोराहाङ्ग बजारमा आज बामगठवन्धनले आयोजना गरेको संयुक्त चुनावी सभालाई सम्वोधन गर्दै पोलिटप्युरो सदस्य गुरुङ्गले नेपालमा कांग्रेसले शासन गर्ने दिन आगामी मसिंर २१ पछि सकीने समेत दावी गर्नुभयो । बामपन्थीहरु एकजुट भएकाले अव नेपाली जनता र नेपालको विकास र समृद्धिको दिन शुरु भएको पोलिटप्युरो सदस्य गुरुङ्गको भनाई थियो [..पुरा पढ्नुहोस >>]

तेह्रथुमका उम्मेदवारहरु प्रचार प्रसारका लागि गाउँ–गाउँमा

तेह्रथुम, मंसिर १५ – आसन्न मंशिर २१ गतेको निर्वाचनका लािग तेह्रथुमका उम्मेदवारहरु यतिवेला प्रचार प्रसारका लागि गाउँ–गाउँ पुगिरहेका छन् । लोकतान्त्रिक गठबन्धन र बाम–गठबन्धनले चुनाव प्रचार प्रसारलाई तिव्रता दिएका छन् । अन्य साना दलहरुले पनि चुनाव प्रचार प्रसारलाई जोड दिएका छन् । उम्मेदवारहरु संगठन परिचालन र प्रशिक्षण गर्दै गाउँ दौडाहामा होमिएका हुन् । जिल्लादेखि विभिन्न गाउँपालिका, नगरपालिका र वडास्तर सम्म सबै संगठन समितिहरु निर्माण गरेर चुनाव प्रचार प्रसारलाई दलहरुले जोड दिएका छन् । सबै उम्मेदवारहरुलाई गाउँ गाउँ पुगेर मतदातालाई आफ्नो पक्षमा पार्न भ्याई–नभ्याई छ । बामगठवन्ध र लोकतान्त्रिक पार्टीका नेताहरु [..पुरा पढ्नुहोस >>]

सेफ्टी ट्याङ्कीमा डुबेर एक युवाको मृत्यु

मंसिर १५ – तेह्रथुमको आठराई गाउँपालिका –१ सक्रान्तिबजारमा निर्माणाधीन घरको सेफ्टी ट्याङ्कीमा डुबेर एक युुवाको मृत्यु भएको छ । फेदाप गाउँपालिका–५ इसिवुका २५ वर्षीय दिपेन फोम्बोलाई ट्याङ्कीमा मृत अवस्थामा फेला पारिएको इलाका प्रहरी कार्यालय सक्रान्तिबजारले जनाएको छ । स्थानीय दलाहाङ माबोको निर्माणाधीन घरको सेफ्टी ट्याङ्कीमा मृत भेटिएका दिपेन मंगलबार देखिनै बेपत्ता भएका थिए । २० फिट अग्लो डिलबाट लडेर ट्याङ्कीमा परेपछि फोम्बोको ज्यान गएको हुनसक्ने प्रहरी निरीक्षक डम्बर पुरीले जानकारी दिनुभयो ।

छथर गाउँपालिकामा माउन्ट मकालु डेभलपमेन्ट बैंक लिमिटेडको तेस्रो शाखा स्थापना

मंसिर १४ –  तेह्रथुमको बसन्तपुरमा प्रधान कार्यालय रहेको माउन्ट मकालु डेभलपमेन्ट बैंक लिमिटेडको तेस्रो शाखा छथर गाउँपालिकाको शुक्रबारे बजारमा स्थापना गरिएको छ । बुधबार आयोजित एक समारोहबीच उक्त बैंकका अध्यक्ष हरिकृष्ण निरौलाले पानसमा द्वीप प्रज्वलन गरी शुक्रबारे शाखाको औपचारिक उद्घाटन गर्नुभयो । छथर गाउँपालिका अध्यक्ष सन्तबिर तिगेला लिम्बुले कम्प्यूटरको किबोर्ड क्लिक गरी कारोवार उद्घाटन गर्नुभयो । कार्यक्रमका विशेष अतिथि छथर गाउँपालिका अध्यक्ष लिम्बुले घरदैलोमा बैंकिङ सेवा लिने स्थानीय सेवाग्राहीको लामो प्रयत्न र अपेक्षा बैंकले पुरा गरेकोमा बैंक संचालक र व्यवस्थापनलाई धन्यवाद दिनुभयो । लिम्बुले भन्नुभयो, ‘बैंक नभएकै कारण स्थानीयबासीले भोग्नुपरिहरको वित्तीय [..पुरा पढ्नुहोस >>]

प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा नेपाली काँग्रेसकै बहुमत आउने :- वाणिज्य मन्त्री मिन बिश्वकर्मा

मंसिर १४ – वाणिज्य मन्त्री तथा नेपाली कांग्रेसका नेता मिन बिश्वकर्माले आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा नेपाली काँग्रेसकै बहुमत आउने र कम्युनिष्ट गठबन्धन बलियो प्रतिपक्षको रुपमा रहने दावी गर्नुभएको छ । मन्त्री विश्वकर्माले तेह्रथुमको छथर शुक्रबारे बजारमा आयोजित चुनावी सभामा सो कुरा बताउनुभएको हो । नेता विश्वकर्माले तटस्थ मतदाताहरुको झुकाव काँग्रसमा बढी भएकाले काँग्रेसले बहुमत ल्याउनेमा कुनै शंका नरहेको बताउनुभयो । एउटा अर्को प्रसङमा काँग्रेस नेता बिश्वकर्माले बाम गठबन्धन कुनै चुनौती नभएको बताउँदै काँग्रेस नेतृत्वको सरकारले गरेको कामका आधारमा पनि मतदाताले काँग्रेसलाई रोज्ने दाबी गर्नुभयो । नेता विश्वकर्माले अहिलेको [..पुरा पढ्नुहोस >>]