समानुपातिकतर्फ कसले कति सिट पाउने ?

पुस १ – प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिक तर्फको मतगणना लगभग सकिएको छ । प्रतिनिधिसभामा समानुपातिकतर्फबाट सिट पाउन चाहिने कुल सदर मतको ३ प्रतिशत मत पाँचवटा दलले मात्र ल्याएका छन् भने प्रदेशसभामा पनि यीनै दल हाबी भएका छन् । प्रदेशसभामा सिट कायम गर्न १ दशमलव ५ प्रतिशत मत ल्याउनुपर्ने व्यवस्था छ । अब प्रतिनिधिसभा र प्रदेशसभामा समानुपातिकतर्फबाट दलहरुले जित्ने सिटको हिसाबकिताव यस्तो छ : मंसिर १० र २१ गते भएको चुनावमा एक करोड ५ लाख भोट खसेको थियो । प्रतिनिधिसभामा एमाले, कांग्रेस, माओवादी केन्द्र, संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीले [..पुरा पढ्नुहोस >>]

आज २६ औं अन्तर्राष्ट्रिय अपांगता दिवस

मंसिर १७ – आज २६ औं अन्तर्राष्ट्रिय अपांगता दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईंदैछ । ‘कोही पनि नछुटुन्, दिगो विकासको नारा ः अपाङ्गता मैत्री योजना कार्यान्वयनमा जुटौँ हामी सारा’ भन्ने राष्ट्रिय नाराका साथ देशभरी दिवस मनाइदैछ । विश्वव्यापी रुपमा भने ‘सबैका लागि दिगो र समतामूलक समाजउन्मुख रुपान्तरण’ नारा तय गरिएको छ । महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयको संयोजनमा आज विभिन्न कार्यक्रम हुँदैछन् । विभिन्न गैरसरकारी संघसंस्थाहरुले पनि कार्यक्रम गर्दैछन् । विश्व स्वास्थ्य सङ्गठन र विश्व बैंकद्वारा सन् २०११ मा प्रकाशित पछिल्लो अपाङ्गतासम्बन्धी विश्व प्रतिवेदन अनुसार संसारमा कुल जनसङ्ख्याको [..पुरा पढ्नुहोस >>]

किराँत समूदायको ठुलो चाड उधौली पर्व मनाइदै

मंसिर १७ – आज किराँत समूदायको ठुलो चाड उधौली पर्व मनाइदैछ । प्रकृति र पितृको पूजा गरि किराँत समूदायले आफूले लगाएको अन्नबाली पाकेपछी आफ्नो कुल देवतालाई चढाएपछि मात्र खाने दिनलाई चाडका रुपमा मनाउन गर्दछन् । परम्परा अनुसार २ दिन अघि लिम्बुले चासोक तग्नाम पर्व मनाउने गर्छन् भने याख्खाले चासुवा, सुनुवारले खोल स्यादर र राईले उधौली साकेला भनेर आज संयुक्तरुपमा मनाउने गरिन्छ । किराँत राईको मुख्य पर्व साकेला उभौली बैशाख पूर्णिमाको दिन र उधौली मंसिर पूर्णिमाको दिन मनाइन्छ । यस पर्वको मेलामा सबै उमेरका मानिसहरु आपसमा गोलो घेरा बनाएर नाच्ने गर्दछन् [..पुरा पढ्नुहोस >>]

बिदा भएपनि निजी स्कुल खुले, सरकारी स्कुल भने चुनावसम्म बिदा

मंसिर १५ – शुक्रबार सार्वजनिक बिदा भएपनि धेरैजसो निजी स्कुल खुलेका छन् । लगातारको बिदाले पढाई प्रभावित हुने भन्दै निजी स्कुल सञ्चालकले बिदा नगरेका हुन् । तर सामुदायिक स्कुल भने बन्द छन् । दोस्रो चरणको चुनाव हुने जिल्लाका सार्बजनिक स्कुल अब चुनावपछि मात्र खुल्नेछन् । आइतबारसम्म सार्बजनिक बिदा भएको र सोमबारदेखि चार दिनसम्म चुनावको लागि बिदा हुने भएकाले सामुदायिक स्कुल २२ गतेपछि मात्रै खुल्ने भएका हुन् ।

बाघ गणना आजदेखि सुरु हुँदै

मंसिर १४ – बाघ गणना बिहीबारदेखि सुरु हुँदैछ । वन विभागका महानिर्देशक मनबहादुर खड्काका अनुसार ‘क्यामरा ट्र्यापिङ’ पद्धतिद्वारा बाघ गणना गरिन लागेको हो । पर्सा वन्यजन्तु आरक्षबाट गणना सुरु गरी चितवन हुँदै शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसम्म पुगेर झण्डै तीन महिनाको अवधिमा बाघ गणना सक्ने योजना छ । बाघ रहेका नेपालका निकुञ्ज, आरक्ष, वन क्षेत्र र तीसँग जोडिएका भारतीय निकुञ्ज एवं वन क्षेत्रमा एउटै प्रक्रियाबाट एकैपटक बाघ गणना गरिने महानिर्देशक खड्काले जानकारी दिनुभयो । नेपाल र भारतका सीमा क्षेत्रमा रहेका बाघ नदोहोरिने गरी गणना गरिने छ । कतिपय बाघ नेपाल र भारतका [..पुरा पढ्नुहोस >>]

प्रदेशसभाका लागि अस्थाई राजधानीको विषय टुंगिएन

मंसिर १३ –  मंसिर २१ गते दोस्रो चरणको निर्वाचन भए लगत्तै हुने मतगणनाले प्रदेश सांसदहरुको टुङ्गो लगाउने भएपनि प्रदेशसभाका लागि संरचनाको अभाव हुने देखिएको छ । निर्वाचित भएर सांसदहरु आईसक्न १५ दिन भन्दा कम समय रहेपनि, प्रदेशको अस्थाई राजधानी समेत तोकिएको छैन । अहिले प्रदेशको राजधानी तोक्ने बारेमा उम्मेदवारहरुले आश्वासन बाँडिरहेका भएपनि प्रदेशको राजधानी तोक्ने विषय कुनै नेताले बोल्दैमा नहुने जानकारहरुले बताएका छन् ।संबिधान अनुसार त्यस्तो स्थान राजधानी बन्छ जुन प्रदेश सरकारको सिफारिसमा प्रदेश संसदबाट दुईतिहाई सांसदले अनुमोदन गर्छन् । तर प्रादेशिक संसदले सिफरिस गरेको शहरमा संसदले दुई तिहाई बहुमत [..पुरा पढ्नुहोस >>]

खोलाले बगाउँदा ५ जना वेपत्ता, एक जनाको शव भेटियो

असोज १७ – सर्लाहीमा खोलाले बगाउँदा ५ जना वेपत्ता भएका छन् भने एक जनाको ज्यान गएको छ । लालबन्दी नगरपालिका २ मा लखन्देही खोलाले बगाउँदा ३ बालबालिकासहित ५ जना बेपत्ता भएका र उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ । यसअघि ४ जना वेपत्ता भनिए पनि ५ जना हराएको पुष्टि भएको प्रहरीले जनाएको छ । पर्साको गढी नगरपालिकाबाट सर्लाही जाँदै गरेका ६ जनालाई खोलाले बगाएको प्रहरीले जनाएको छ । लालबन्दी नगरपालिका २ नेत्रगञ्ज घर भएकी भिममाया काफ्लेको भने शव भेटिएको छ । सर्लाहीको हरिपुरनगरपालिका ९ का रामदेव साहसहित पर्साको गढी नगरपालिकाकी ४ [..पुरा पढ्नुहोस >>]

भौतिक पुर्वाधार मन्त्रालयद्धारा देशैभरका सडकको अनुगमन

असोज तेह्रथुम–देशैभरका सडक निर्माण र मर्मत संभारमा निर्माण व्यवसायीले लापरवाही गरेको भन्दै भौतिक पुर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले स्थलगत अनुगमन थालेको छ । दशै, तिहार, छट जस्ता चाडवाड र आसन्न संघ र प्रदेशको निर्वाचनलाई समेत लक्ष्ँीत गरी मन्त्रालयले देशैभरका सडकको अवस्था वारे स्थलगत अनुगमन शुरु गरेको हो । वर्षेनी धेरै रकम खर्च हुंदा पनि सडकको अवस्था सुधार नभएपछि मन्त्रालय स्तर वाटै अनुगमन थालीएको भौतीक पुर्वाधार तथा यातायाता राज्यमन्त्री सिता गुरुङले वताईन् । सडक पुगेका स्थानमा यातायातलाई सहज वनाउन मन्त्रालय स्तर वाटै देशैभरका सडकको अवस्था वुझ्न अनुगमन थालीएको राज्यमन्त्री गुरुङले वताईन् [..पुरा पढ्नुहोस >>]

टीकाको दोस्रो दिन, हिजो टीका लगाउन नपाएकाले आज लगाउँदै

असोज १५ – आज एकादशी तिथी । गाउँघर सँगै शहर बजारमा पनि चहल पहल बढेको छ ।  आज पनि आफन्तको घरमा गई आफू भन्दा ठूलाका हातबाट टीका थाप्न जानेको विहानैदेखि भिडभाड छ । दसैंका बेलामा सार्वजनिक गाडी धेरै नचेलेकाले हिँडेरै भए पनि आफन्तकोमा टीका थाप्न विहानैदेखि हिडेका छन् । फूलपाती पछि केही सुनसुना जस्तै बनेको काठमाडौंमा हिजो दसैंको टीकादेखि चहलपहल बढेको छ । हिजो टीका लगाएकाहरु अब विस्तारै काठमाडौं फर्कने क्रम पनि सुरु भएको छ । हिजो दसैँ मान्यजनबाट टीका, जमरा लगाएर हर्षोल्लासका साथ मनाइएको छ । हिजो टीका लगाउन [..पुरा पढ्नुहोस >>]

भरतपुर महानगरपालिकाको वडा नम्बर १९ मा फेरि मतदान गर्ने कि नगर्ने भन्न बारेमा सर्वोच्च अदालतमा चलिरहेको बहस सकियो

साउन १५ – भरतपुर महानगरपालिकाको वडा नम्बर १९ मा फेरि मतदान गर्ने कि नगर्ने भन्न बारेमा सर्वोच्च अदालतमा चलिरहेको बहस सकिएको छ । फेरि मतदान गर्ने निर्वाचन आयोगको निर्णय विरुद्ध रिट दायर गरेका गुञ्जमान विक पक्षका वकिलहरुले आइतबार जवाफी बहस गरेका छन् । जवाफी बहस सकिएको र अब न्यायाधीशले निर्णय गर्न मात्र बाकी रहेको अधिवक्ता विजयकान्त मैनालीले बताउनुभयो । ‘हामीले हाम्रो बहस सकेका छौं, अब न्यायाधीशको हातमा छ’ भन्दै उहाले ‘निर्णय आजै आउन पनि सक्छ, न्यायाधीशहरुले थप अध्ययन गरेर अर्को दिनलाई सार्न पनि सक्ने बताउनुभयो । न्यायाधीशहरु ओमप्रकाश मिश्र र पुरुषोत्तम [..पुरा पढ्नुहोस >>]