३००० वर्ष पुरानो चिहानमा चार बालकको शव भेटियो

पुस १ – इजिप्टमा तीन हजार वर्ष भन्दा पहिलो निधन भएका चार बालकको चिहान (ममी) भेटिएको छ । ममीमा रहेको बालकको शव अहिले पनि सुरक्षित रहेको छ । इजिप्टको शहर अस्वान नजिकै बालबालिकाको पूरानो चिहान भेटिएको र त्यसमा रहेका ममीमा शव सुरक्षित पाइएको सरकारी अधिकारीले बताएका छन् । स्वीडेन र इजिप्टका अनुसन्धानकर्ताले यो चिहान भेट्टाएका हुन् । चारमध्ये एक चिहानमा ममी बनाउनका लागि प्रयोग गरिएको लेनिनको कपडा पनि भेटिएको इजिप्टको पुरातत्व मन्त्रालयका निर्देशक एमन अशमावीले बताउनुभयो । भेटिएका चिहानमा रहेका बालबालिकाको शव इसापूर्व १५४९/५० देखि १२९२ को बिचको रहेको अनुसन्धानकर्ताले [..पुरा पढ्नुहोस >>]

विश्वकप फुटबलको पोष्टर सार्वजनिक

म‌ंसिर १५ – विश्वकप फुटबलको पोष्टर सार्वजनिक भएको छ । आउँदो जुनमा सुरुहुने विश्वकप २०१८ को ड्र मंगलबार सार्वजनिक हुँदैछ । त्यसको पूर्वसन्ध्यामा रसियाले पोष्टर सार्वजनिक गरेको हो । इगोन गुरोभिजले डिजाइन गरेको यो पोष्टर फुटवल इतिहाँसमा रुसको लागि महत्वपूर्ण सावित हुने र धेरैले रुचाउने अपेक्षा गरिएको छ । यो रुसको कलात्मक र फुटवल इतीहाँसको एक प्रतिबिंब भएको फिफाका सचिव जनरल फाटामा सामुराले बताउनुभयो ।

मंगलबार रियाल, दिर्हाम स्थिर, रिंगिटको मूल्य कमजोर

असोज १७ – नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ ७७ पैसा र विक्रिदर २७ रुपैयाँ ९३ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर २८ रुपैयाँ ६० पैसा र विक्रिदर २८ रुपैयाँ ७७ पैसा छ । युएई दिर्हाम एकको खरिददर २८ रुपैयाँ ३६ पैसा र विक्रिदर २८ रुपैयाँ ५२ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २४ रुपैयाँ ६० पैसा र विक्रिदर २४ रुपैयाँ ८२ रहेको छ । कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ०९ पैसा र विक्रिदर ९ [..पुरा पढ्नुहोस >>]

युएईमा इदको अवसरमा दुई दिन सार्वजनिक विदा, तलव नकाटिने

असार, ३ – युएईमा इदको अवसरमा दुई दिन सार्वजनिक विदा हुने भएको छ । युएईको निजी क्षेत्रमा कार्यरत कामदारले इदको अवसरमा पाउने दुई दिनको छुट्टी बापतको रकम पनि पाउने छन् । इदको पहिलो र दोस्रो दिन युएईका सम्पूर्ण निजी क्षेत्रले आफ्ना कामदारलाई छुट्टी दिने निर्णय गरेको युएईले जनाएको छ ।

चीनले चन्द्रमामा आलु खेती गर्ने

असार २ – चिनियाँ वैज्ञानिकहरु चन्द्रमामा आलु खेती गर्ने तयारीमा जुटेका छन् । चीनले आगामी वर्ष चन्द्रमामा एउटा मिसन पठाउन लागेको र यही मिसनले मिनी इकोसिस्टमको मद्दतमा चन्द्रमामा आलु खेतीको प्रयास गर्नेछ । चिनियाँ वेवसाइट चुंगचिंगमा यसबारे रिपोर्ट प्रकाशित भएको उल्लेख गर्दै बिबिसीले चेंगई फर मिसन चन्द्रमामा पठाउने तयारी भइरहेको जनाएको छ । यसबारे प्रष्ट पार्दै चोङकिङ विश्वविद्यालयका प्रोफेसर झी गेंग्जिनले यो मिसनका लागि वैज्ञानिकहरुले चन्द्रमामा प्रयोगहरुको श्रृंखला सुरु गर्न लागेको बताउनुभयो । त्यसका लागि रेशम किटको लार्भा चन्द्रमामा छोडिनेछ भने त्यसको निगरानीका लागि एउटा सानो उपग्रह पनि चन्द्रमाको सतहमा [..पुरा पढ्नुहोस >>]

दार्जीलिङमा भाषा आन्दोलन चर्कदै

असार २ – दार्जीलिङमा केही दिनदेखि भाषालाई लिएर भइरहेको आन्दोलन झन चर्कदै गएको छ । गोर्खा जनमुक्ति मोर्चा र अन्य घटकहरू मिलेर केही दिनदेखि गरेको आन्दोलनमा थुप्रै सरकारी कार्यलयहरूमा तोडफोड र आगजनी भएका छन् । दार्जीलिङलगायतका पश्चिम बंगाल प्रदेशका पहाडी क्षेत्रहरूमा केही दिनदेखि आन्दोलनकारी र प्रहरीबिच झडप भइरहेको छ । गोर्खा जनमुक्ति मोर्चाले अनिश्चितकालीन पहाड बन्दको घोषणा गरेको छ । पश्चिम बंगाल सरकारकी मुख्यमन्त्री ममता बर्नजीले विद्यालय शिक्षामा बंगाली भाषा अनिवार्य गर्न लागेकाले दार्जीलिङमा आन्दोलन चर्केको हो । भाषा विवादबाट सुरु भएको आन्दोलनमा छुट्टै प्रदेश गोर्खाल्याण्डको माग उठ्न थालेको छ [..पुरा पढ्नुहोस >>]

फेसबुकमा नयाँ फिचर

असर १ – फेसबुकमा नयाँ फिचर थप भएको छ । अब फेसबुकमा कमेन्ट गर्दा जिआइएफ पिक्चर पनि राख्न मिल्ने भएको छ । महिनौं लामो परीक्षणपछि सामाजिक सञ्जाल फेसबुकले जिआइएफ कमेन्टमा राख्न मिल्ने घोषणा गरेको हो । यो सेवा बिहीबारदेखि सुरु भएको हो । अब जो कोहीले पनि फेसबुक कमेन्टमा जिआइएफ बटनको प्रयोग गरी जिआइएफ पिक्चर राख्न सक्नेछन् । फेसबुक म्यासेन्जरमा च्याट गर्दा यसअघि जिआइएफ प्रयोग गर्न सकिन्थ्यो ।अब फेसबुक कमेन्टमा पनि जिआइएफ प्रयोग गर्न सकिने भएको हो ।     फेसबुकले गिफी, टेनोर, डिज्नीसहितका जिआइएफ पाट्नरसँग मिलेर कमेन्टका लागि जिआइएफको [..पुरा पढ्नुहोस >>]

विमानको इन्जिनमा प्वाल, उडेको एक घण्टापछि मात्रै पाइलटले थाहा पाए

जेठ २९ – चीनको इस्टर्न एयरलाइन्सको विमानको इन्जिनमा प्वाल परेपछि सिड्नीमा आकश्मिक अवतरण गरिएको छ । अस्ट्रेलियाको सिड्नीबाट चीनको सांघाईका लागि उडेकोफ्लाइट एमयु ७३६ विमानको इन्जिनमा प्वाल परेर समस्या देखिएपछि सिड्नीमै अवतरण गरिएको बिबिसीले जनाएको छ । विमानको इन्जिइनमा आएको समस्याबारे उडेको एकघण्टापछि मात्रै पाइलटले जानकारी गएका थिए । त्यसपछि विमान सिड्नी नै फर्काएर अवतरण गरिएको हो । विमानको भित्री भागमा केही जलेर गन्ध आएको यात्रुले बताएका छन् । विमानको सुरक्षित अवतरण गरिएको र कोही पनि घाइते नभएको खबरमा उल्लेख छ ।

भाषा विवादले दार्जिलिङमा तनाव

जेष्ठ –  भारतको पश्चिम बंगाल सरकारले राज्यका सबै स्कुलमा (कक्षा १ देखि १० सम्म) बंगला भाषाको पठनपाठन अनिवार्य गरेपछि दार्जिलिङका नेपालीभाषी आन्दोलनमा उत्रिएका छन्। दार्जिलिङको राजभवनमा बिहीबार राज्य सरकारको ‘क्याबिनेट मिटिङ’ चलिहरेका बेला गोर्खा जनमुक्ति मोर्चाका कार्यकर्ताले नाराबाजी गरेपछि दार्जिलिङ दिनभर तनावग्रस्त हुन पुग्यो। सिंगो दार्जिलिङ आन्दोलित भइरहेका बेला मुख्यमन्त्री ममता वेनर्जीले पहिलोपटक त्यहीँ क्याबिनेट बैठक गर्ने निधो गरेकी थिइन्। बैठक जारी रहेकै बेला मोर्चा कार्यकर्ताले मुख्यमन्त्री वेनर्जीविरुद्ध चर्का नारावाजी गरेपछि सुरक्षाकर्मीले केही दर्जन सेल अश्रुग्यास प्रहार गरेको दार्जिलिङका पत्रकार विमल राईले जानकारी दिए। आक्रोशित प्रदर्शनकारीले सुरक्षाकर्मीका दुईवटा जिपमा आगजनीका साथै सरकारी बस तोडफोड [..पुरा पढ्नुहोस >>]

कतारको बजारमा टर्कीको दूध-दही – कतार नाकाबन्दी

कतारले टर्कीबाट बजारमा माग अनुसार दूध, मोही र दही आपुर्ति गरेको छ । साउदी अरवमा पूर्ण निर्भर दूध-दहीको बजार टर्कीबाट पुरा गरेको हो । साउदी अरवले गत सोमबार बिहानदेखि कतारसँगको कुटनीतिक सम्बन्ध विच्छेदसँगै सीमा नाका बन्द गरेको थियो । ‘सबैभन्दा पहिलो चिन्ता नै दूध-दही कसरी पाइन्छ भन्ने चिन्ता थियो । यो एकदिन पनि अभाव हुन पाएन,’ झापाका माहुमद कार्कीले फोनमा भने,‘पहिले भन्दा झन सस्तोमा दूध किन्न पाएका छौं ।’ बजारमा यी दूध प्रतिलिटर ५ रियालमा पाउने ब्यवस्था मिलाएको छ । सुपरमार्केटमा कार्यरत नेपाली कामदारहरुका अनुसार बजारमा  दूधको कुनै अभाव हुन [..पुरा पढ्नुहोस >>]