काँकरभिट्टा गोल्डकप फुटबल : बदला लिने दाउमा मनाङ

झापा, मंसिर १५ – काँकरभिट्टा गोल्डकप फुटबलको उपाधीको लागि मनाङ मस्र्याङदी क्लव र त्रिभुवन आर्मी क्लबबिच प्रतिस्पर्धा हुँदैछ । खेल शुक्रबार दिउँसो साढे ३ बजे काँकरभिट्टामा सुरु हुनेछ । आर्मीले पुलिसलाई र मनाङले आयोजकलाई हराउँदै उपाधी भेट पक्का गरेका हुन् । मनाङ अाजकाे खेलमा एकहप्ता अघि आर्मीसँगको हारको बदला लिने दाउमा हुनेछ । झापाकै झिलझिलेमा भएको दोस्रो सताक्षी गोल्डकप फुटबलमा मनाङलाई हराउदै  आर्मीले उपाधि जितेको थियो । आजको विजेताले ८ लाख रुपैयाँ पुरस्कार पाउनेछ ।

विश्वकप फुटबलको पोष्टर सार्वजनिक

म‌ंसिर १५ – विश्वकप फुटबलको पोष्टर सार्वजनिक भएको छ । आउँदो जुनमा सुरुहुने विश्वकप २०१८ को ड्र मंगलबार सार्वजनिक हुँदैछ । त्यसको पूर्वसन्ध्यामा रसियाले पोष्टर सार्वजनिक गरेको हो । इगोन गुरोभिजले डिजाइन गरेको यो पोष्टर फुटवल इतिहाँसमा रुसको लागि महत्वपूर्ण सावित हुने र धेरैले रुचाउने अपेक्षा गरिएको छ । यो रुसको कलात्मक र फुटवल इतीहाँसको एक प्रतिबिंब भएको फिफाका सचिव जनरल फाटामा सामुराले बताउनुभयो ।

बार्सिलोना नेइमारको ठाउँ लिने खेलाडीको खोजीमा, प्राथमिकतामा तीन खेलाडी

साउन १४ – नेइमार फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) जाने तयारी गरिरहेका बेला बार्सिलोनाले उनको ठाउँ लिन सक्ने खेलाडीको खोजी सुरु गरेको छ । नेइमार विश्व कीर्तिमानी मूल्यमा पिएसजी अनुबन्ध हुन लागेको खबर आएका छन् । यहि बिचमा बार्सिलोनाले उनको ठाउँ लिन सक्ने खेलाडीको खोजी सुरु गरेको बेलायती पत्रिका मिररले जनाएको छ । यसमा प्रिमियर लिग क्लब लिभरपुलका फिलिपकोन्टिन्हो, चेल्सीका इडन हजार्ड र टोटनह्यामका डेल अली बार्सिलोनाको प्राथमिकतामा रहेको दाबी गरिएको छ । नेइमारको ठाउँमा अनुबन्ध गर्न सकिने खेलाडीको सूचिमा बार्सिलोनाले लिभरपुलका कोन्टिन्होलाई पहिलो स्थानमा राखेको छ । तर लिभरपुलले उनका [..पुरा पढ्नुहोस >>]

नेइमारले बार्सिलोना छोड्ने पक्का, पिएसजीसँग सम्झौताको अन्तिम तयारी

साउन १४ –  बार्सिलोनाका ब्राजिलियन फरवार्ड नेइमारले क्लब छोड्ने अन्तिम तयारी गरेका छन् । नेइमार फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) मा अनुबन्ध हुन लागेको र त्यसका लागि सम्झौता अन्तिम चरणमा पुगेको बेलायती पत्रिका मेट्रोले जनाएको छ । सम्झौताका लागि नेइमार राजी भएको र अनुबन्धन सम्झौता आउँदो सोमाबार वा मंगलबार हुने दाबी गरिएको छ । पिएसजीले नेइमारलाई १९ करोड ७० लाख पाउण्ड स्ट्रर्लिङमा अनुबन्ध गर्न लागेको हो । पछिल्लो केही हप्तादेखि नेइमारले बार्सिलोना छोड्ने तयारी गरेका खबर आउने गरेका थिए । अहिले भने सम्झौता अन्तिम चरणमा पुगेको र उनी पिएसजी जाने [..पुरा पढ्नुहोस >>]

थ्री स्टारलाई डेढ करोड दिने विषयमा एन्फामा विवाद, भोलि पनि बैठक

साउन ११ – थ्री स्टार क्लवलाई डेढ करोड रुपैयाँ दिने विषयमा अखिल नेपाल फुटबल संघ एन्फाको कार्यसमिति बैठकमा विवाद भएको छ । बुधबार बसेको बैठकमा सदस्यहरुले गल्ती गर्ने व्यक्तिलाई कारवाही गर्नु पर्ने र एन्फाको कोषमा रहेको रकम क्षतिपूर्तिका रुपमा दिन नहुने भनेपछि विवाद भएको हो । विवादका कारण कार्य समिति बैठक बिहीबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ । एन्फाको लापरवाहीका कारण एशियाका दोश्रो श्रेणीका देशका क्लवहरुबिचको एफसी कप फुटबलको दोस्रो चरण खेल्न  नपाए पछि थ्री स्टार क्लवले ६ करोड रुपैयाँ क्षतिपूर्ति माग गरेको थियो । एशियाली फुटबल महासंघ एएफसीले [..पुरा पढ्नुहोस >>]

रुसको विजयी सुरुवात – फिफा कनफेडेरेशन कप

असार ४ – फिफा कनफेडेरेशन कप फुटबल प्रतियोगितामा आयोजक रुसले विजयी सुरुवात गरेको छ । शनिबार राति सेन्ट पिटर्सबर्गमा रहेको रंगशालामा भएको खेलमा रुसले न्युजिल्याण्डलाई २–० ले हराएको हो । फिफाका अध्यक्ष जिज्ञानी इन्फान्टिनोले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन तथा ब्राजिलका महान फुटबलर पेलेको उपस्थितिमा उद्घाटन गर्नु भएको खेलमा रुसका लागि फेडोर स्मोलोभले गोल गरे भने न्युजिल्याण्डले एउटा आत्मघाती गोल गर्‍यो । ३१ औं मिनेटमा न्युजिल्याण्डका माइकल बोक्सलले ३१ औं मिनेटमा आत्मघाती गोल गरेपछि रुसले पहिलो हाफमा १–० को अग्रता लियो । ६९ ओं मिनेटमा स्मोलोभले गोल गर्दै रुसलाई २–० को [..पुरा पढ्नुहोस >>]

विश्वकप फुटबलको पूर्व तयारीः कनफेडेरेशन कप आजदेखि

असार ३ – आउँदो वर्ष रुसमा हुने विश्वकप फुटबलको तयारीको रुपमा हेरिएको फिफा कनफेडेरेशन बप फुटबल प्रतियोगिता शनिबारदेखि सुरु हुँदैछ । विश्वकप फुटबल २०१८ को ठीक एक वर्षअघि शनिबार सुरु हुन लागेको कनफेडेरेशन कप फुटबललाई विश्वकपका दाबेदारबिचको प्रतिस्पर्धाको रुपमा लिने गरिएको छ । प्रतियोगितामा आयोजक रुससहित विश्वविजेता, युरोकप विजेता र महादेशीय विजेता राष्ट्रको सहभागिता छ । आयोजक रुससँगै ओसेनिया क्षेत्रको च्याम्पियन न्युजिल्याण्ड, युरोकप विजेता पोर्चुगल, विश्वकप विजेता जर्मनी, एसियाली च्याम्पियन अस्ट्रेलिया, दक्षिण अमेरिकी च्याम्पियन चिली, मध्यअमेरिका तथा क्यारेबियन क्षेत्रको च्याम्पियन मेक्सिको र अफ्रिकन च्याम्पियन क्यामरुनले कनफेडेरेसन कप फुटबलको उपाधिका लागि [..पुरा पढ्नुहोस >>]

एएफसी च्याम्पियनसिप टोलीलाई प्रशिक्षण

असार २ – संयुक्त अरब इमिरेट्स (युएइ) मा हुने एएफसी २३ वर्षमुनि (यु–२३) च्याम्पियनसिप खेल्न लागेको नेपाली टोलीको प्रशिक्षण शुक्रबारदेखि सुरु भएको छ। सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मा सुरु भएको बन्द प्रशिक्षणको प्रारम्भिक चरणमा ३४ सदस्यीय खेलाडीलाई सहभागी गराइएको अखिल नेपाल फुटबल संघ (एन्फा)का प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधरले जानकारी दिनुभयो । उहाँका अनुसार प्रशिक्षणमा राष्ट्रिय टोलीमा रहेका खेलाडी, ए डिभिजन क्लब तथा मोफसलका प्रतिभावान् खेलाडी समावेश गरिएको छ । यही असार ३१ गतेदेखि सुरु हुने खेलमा नेपाल समूह ‘डी’ मा परेको छ । नेपालको समूहमा आयोजक युएइ, लेबनान [..पुरा पढ्नुहोस >>]

म्यान अफ दि म्याच किरण चेमजोङले खेलपछि के भने ?

जेठ ३० – एएफसी एसिएन कप २०१९ को छनौट अन्तर्गत मंगलबार यमनसँगको खेलमा नेपाल गोलरहित बराबरीमा रोकिएको छ । यो खेलमा नेपाललाई हारबाट जोगाउन गोलरक्षक किरण चेमजोङको महत्वपूर्ण भूमिका खेले । म्यान अफ दि म्याच बनेका चेमजोङले यमनका खेलाडीको केही सुन्दर प्रहार बचाउ गरे । खेलपछिको पत्रकार सम्मेलनमा उनले आफ्नो खेलबाट खुशी रहेको बताए । उनले भने ‘मेरो खेलबाट खुशी छु । देशका लागि केही गर्ने मौका पाएँ । अझै योगदान दिन चाहन्छु ।’ भावुक रुपमा प्रस्तुत भएका चेमजोङले खेल जीवन सुरु गर्दा चोटग्रस्त भएको र त्यसबेला अब खेल्न सक्दिन [..पुरा पढ्नुहोस >>]

यमनसँग नेपाल गोलरहित बराबरीमा रोकियो

जेठ ३० – एएएफसी एसियन कप फुटबल २०१९ को छनौट चरणअन्तर्गत यमनसँगको खेलमा नेपाल बराबरीमा रोकिएको छ । सशस्त्र प्रहरी बलको खेल मैदान हल्चोकमा मंगलबार भएको खेलमा नेपालले गोल गर्ने केही सुन्दर मौका सिर्जना गरेपनि गोल गर्न भने सकेन र यमनसँग गोलरहित बराबरीमा रोकियो । बराबरीपछि समूह ‘एफ’ मा रहेको नेपाल र यमनले अंक बाँडेका छन् । एसियन कप छनौटमा समूह ‘एफ’ मा रहेको नेपालको यो दोस्रो खेल हो । यसअघि गएको मार्च २८ मा भएको पहिलो खेलमा नेपाल फिलिपिन्ससँग ४–१ ले पराजित भएको थियो । समूह ‘एफ’ मा नेपाल [..पुरा पढ्नुहोस >>]