विभिन्न महत्वकांक्ष्ँी निर्णय गर्दै जिल्ला सभा सम्पन्न

बिहिबार, भाद्र २८, २०७५ तेह्रथुम,

तेह्रथुम–विभिन्न महत्वकांक्ष्ँी निर्णय गर्दै दोस्रो जिल्ला सभा सम्पन्न भएको छ । तीन दिन सम्म चलेको सभामा ६ वटै स्थानीय तहका संभावना, चुनौती, समस्याका र जिल्लाको सम्रग बिकासका बारेमा छलफल भएको थियो ।
सभाले बसन्तपुर म्याङलुङ २६ किलोमिटर सडकलाई स्तरोन्नती गरी कालोपत्रे गराउने, मध्यपहाडी लोकमार्ग निर्माणलाई तिव्रता दिने, तीनजुरे मिल्के जलजले क्षेत्रलाई संरक्ष्ँण क्ष्ँेत्र घोषणा गर्न दवाव दिने, ७ सय ६२ मेघा वाट क्ष्ँमताको तमोर जलासाययुक्त आयोजना निर्माणलाई तिब्रता दिने लगायतका महत्वपुर्ण निर्णय गरेको छ । जिल्लाका ६ वटै स्थानीय तहका जनप्रतिनिधी समेतको सहभागीतामा सम्पन्न जिल्ला सभाले पहिलो नम्बरमा बसन्तपुर म्याङलुङ सडकको स्तरोन्नती गरी कालोपत्रे गर्न मध्य पहाडी लोकमार्ग आयोजनाको ध्यानाकषर््ँण गराउने निर्णय गरेको छ । पटक पटक कालोपत्रे भैसकेको यो सडक हिलाम्मे भएर पैदल हिड्न समेत नसक्ने अबस्थामा पुगेको छ । सभाले जिल्लाको पहिचानको रुपमा रहेको ढाका कपडा उद्यँेगका लागि चाहिने आबश्यक भौतिक पुर्वाधार निर्माणका लागि प्रदेश सरकार समक्ष्ँ सहयोग माग्ने निर्णय पनि गरेको छ ।
त्यस्तै जिल्लाको बिकास निर्माणको अबस्था बारे जानकारी लिन जिल्लाका अलग अलग स्थानमा चौमासिक रुपमा समिक्ष्ाँ बैठकको आयोजना गर्ने तथा जिल्लामा खेलकुदको पुर्वाधार बिकास गर्न संघ र प्रदेश सरकार संग अनुरोध गर्ने निर्णय गरेको छ । सभाले तेह्रथुम र पा“चथरको सिमा तमोर नदीमा निर्माण गर्न लागिएको ७ सय ६२ मेघा वाट क्ष्ँमताको तमोर वहुउदेशीय जलाशययुक्त आयोजनाको काम तत्काल शुरु गर्न केन्द्र सरकारलाई आग्रह गर्ने निर्णय समेत गरेको छ । एकै स्थानमा २८ प्रजातीका गुरा“स फुल्ने तेह्रथुम, संखुवासभा र ताप्लेजुङको संगम स्थल तीनजरे मिल्के जलजले क्ष्ँेत्रको पर्यटकीय विकास गरी समुदायमा आधारीत संरक्ष्ँण क्ष्ँेत्र घोषणा गर्न प्रदेश र केन्द्रीय सरकार समक्ष्ँ लेखी पठाउने निर्णय समेत सभाले गरेको छ ।

जिल्ला सभाले तमोर तटीय क्ष्ँेत्रका इवा, छातेढुंगा, चुहानडा“डा, थोक्लुङ, सिम्ले, तम्फुला, म्याङलुङ, ओख्रे, पञ्चकन्या र फाक्चामारा लाई सुख्खा क्ष्ँेत्र घोषणा गरी अल्पकालिन र दिर्घकालिन योजना निर्माणका लागि प्रदेश र केन्द्र सरकार सक्ष्ँम माग गर्ने निर्णय गरेको छ । मध्य पहाडी लोकमार्ग निर्माणको काम एकदमै सुस्त गतीमा भैरहेकोले सो कामलाई तिव्रता दिन सम्वन्धित कार्यालयलाई आग्रह गर्ने निर्णय सभाले गरेको प्रदेश सांषद लक्ष्मण तिवारीले बताए । यसै बर्ष बाट जिल्लाका सवै घरघुरीमा उज्यालो पु¥याउने लक्ष्य जिल्ला सभाले लिएको छ । त्यसका लागि जिल्लालाई उज्यालो जिल्ला घोषणा गर्ने अभियान तत्कालै शुरु गर्ने सभाले निर्णय गरेको छ । त्यसका लागि चाहिने आवश्यक बजेट प्रदेश र केन्द्र सरकार समक्ष्ँ माग गर्ने निर्णय भएको छ ।
बिगत देखी नै संचालनमा रहेका र निर्माणाधिन बिकासे आयोजनालाई क्रमागत रुपमा संचालन गर्न र अधुरा योजनाको काम तत्कालै अघि बढाउन चाहिले आवश्यक बजेट प्रदेश र केन्द्र सरकार समक्ष्ँ माग गर्ने निर्ण पनि सभाले गरेको छ । त्यस्तै जिल्लामा भैरहेको अबैध गर्भपतन दरलाई घटाएर शुन्यमा झार्ने नीति सभाले लिएको छ । त्यसका लागि अभियान नै संचालन गर्ने सभाले निर्णय गरेको जिल्ला समन्वय समिति संयोजक शिव ढुंगानाले बताए । जिल्ल्ला सभामा संमन्वय समितिको काम धेरै भए पनि संविधानले भुमिका कमजोर बनाएको प्रति धेरैले सहभागीहरुले असन्तोष व्यक्त गरेका थिए ।

आफ्नो प्रतिक्रिया व्यक्त गर्नुहोस