तेह्रथुमको छथर क्ष्ँेत्रका खडेरी पिडीतलाई छथर गाउ“पालिकाले क्ष्ँतिपुर्ती दिन

 

 

बिहिबार, साउन २४, २०७५, तेह्रथुम

 

तमोर तटीय क्षेत्रका खडेरी पिडीत किसानलाई तेह्रथुमको छथर गाउ“पालिकाले क्ष्ँतीपुर्ती दिने भएको छ । खडेरीले अन्न बाली सुकेर भोकमारी लाग्ने अवस्था आएपछि पिडीत किसानलाई क्ष्ँतीको आधारमा राहत दिने तयारी थालीएको गाउ“पालिकाले जनाएको छ । मध्य बर्खामा समेत खडेरी लागेर अन्न बाली र फलफुल सुकेपछि किसानले गाउ“पालिका समक्ष्ँ उचित क्ष्ँतीपुर्तीको माग गरेका थिए । खडेरीले पु¥याएको क्ष्ँतीको एकीन विवरण संकलन गरी राहत सिफारीस गर्न गाउ“पालिकाले कार्यपालिका सदस्य, सम्वन्धित वडाका जनप्रतिनिधी र सोही वडाका कर्मचारी समेत परिचालन गरेको गाउ“पालिका अध्यक्ष्ँ सन्तविर लिम्वुले् वताउनु भयो ।

सो टोलीको सिफारीसको आधारमा पिडीत किसानलाई तत्काल राहात उपलव्ध गराईने लिम्वुले वताउनु भयो । मध्य बर्षादमा समेत पानी नपरेपछि ओख्रे, फाक्चामारा, हमरजुङ लगायत गाउ“का किसान समस्यामा परेका छन् । खेतबारीमा लगाएको धान, मकै, कोदो लगायतका अन्न बाली सुकेर डडेलो लाग्ने अवस्थामा पुगेको किसानको भनाई छ । दुख गरेर लगाएको बाली पाक्न नपाउदै सुकेपछि अनीकाल लाग्ने डरले किसान चिन्तामा परेका छन् । क्ष्ँतीको एकिन बिवरण संकलन भएर गाउ“पालिकामा आएपछि राहत वितरण शुरु गरीने गाउ“पालिका प्रबक्ता राजन नेपालीले वताउनु भयो । खडेरीले खेतबारी र जंगलमा रहेको घा“स समेत सबै सुकेपछि पशु चौपायालाई खुवाउन समेत समस्या भएको ३ नम्वर वडा अध्यक्ष तुलसीजंग थापाले बताउनु भयो ।

आफ्नो प्रतिक्रिया व्यक्त गर्नुहोस