मादक पदार्थ सेवन गरी होहल्ला गर्ने यातायात व्यवस्था कार्यालयका प्रमुख सहित चार जना कर्मचारी तेह्रथुमको बसन्तपुर बजार बाट प्रक्राउ

शनिबार, साउन १९, २०७५  तेह्रथुम,

मादक पदार्थ सेबन गरी तेह्रथुमको बसन्तपुर बजारमा होहल्ला गर्दै हिडीरहेका यातायात व्यवस्था कार्यालय लाहानका निमित्त कार्यालय प्रमुख ज्ञानु दाहाल सहित चार जनालाई प्रहरीले आज नियन्त्रणमा लिएको छ । अत्याधिक मादक पदार्थ सेवन गरी विच बजारमा आपसमा झगडा गर्दै होहल्ला गरी हिडीरहेको अवस्थामा ईलाका प्रहरी कार्यालय बसन्तपुरको गस्ती टोलीले चारै जनालाई नियन्त्रणमा लिएको हो । शनिबार बिदाको दिन पारी घुम्न आएका दाहाल सहित सोही कार्यालयका कर्मचारी विजय दाहाल, लेखराज कटुवाल र देवान मण्डल लाई बसन्तपुर बजार बाट पक्राउ गरीएको प्रहरी निरीक्ष्ँक देबीप्रसाद पौडेलले वताउनु भयो ।

उनीहरु चारै जनाले अत्याधिक मादक पदार्थ सेबन गरी आपसमा झगडा गरेको र सार्वजनीक स्थानमा अपशव्द बोलेको प्रहरीले जनाएको छ । स्थानीय याक होटलमा आपसमा झगडा गरेको र जिल्ला ट्राफिक प्रहरी कार्यालयमा आएर दुई वटा कुर्सी समेत भांची दिएको प्रहरीले जनाएको छ । पक्राउ परेका चारै जनालाई प्रँथमिक स्वास्थ्य केन्द्र बसन्तपुरमा स्वास्थ्य परिक्ष्ँण गरी हिरासतमा राखीएको प्रहरीले जनाएको छ ।

आफ्नो प्रतिक्रिया व्यक्त गर्नुहोस