बिप्लव माओवादीका कार्यकर्ता पक्राउ

शनिबार, साउन १९, २०७५  तेह्रथुम,

संंखुुवासभा स्थित अरुण तेस्रो जलबिधिुत परियोजनाको कार्यलयमा बम बिस्फोट गराउने बिप्लव माओवादीका कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । एक न. प्रदेश प्रहरी कार्यालय बिराटनगरबाट खटिएको टोलीले अरुण तेस्रोमा आगजनी र बम बिस्फोट गराउने डिबी सिलवाललाई पक्राउ गरेको हो । यस्तै इटहरी लगायतका ठाँउमा बम बिस्फोटमा संलग्न बिप्लवका कोशी इञ्चार्ज पुष्प कोइरालालाई समेत प्रहरीले इटहरीको हलगडा र तरहरा आसपासबाट पक्राउ गरेको हो । यस्तै सागर राई, छिरिङ शेर्पा र जनक निरौला छन् ।

प्रहरीले उनिहरुलाई तरहरा, हलगडा, आईतबारे आसपासबाट पक्राउ गरेको प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ । डिबी सिलवाल बिरुद्ध संंखुुवासभामा तिनवटा मुद्धाका फरार अभियुक्त हुन । यस्तै पुष्प कोइरालाको पनि सुनसरी र संंखुुवासभामा मुद्धा दर्ता भएका व्यक्ति हुन । उनिहरु बिरुद्ध बम बिस्फोट सम्बन्धि मुद्धा दर्ता भएको प्रहरीले जनाएको छ ।

आफ्नो प्रतिक्रिया व्यक्त गर्नुहोस