तेह्रथुमको बसन्तपुरमा रहेको प्रँथमिक स्वास्थ्य केन्द्र बाट भिडीयो एक्स्रे सेवा शुरु

शनिबार, साउन १९, २०७५  तेह्रथुम,

तेह्रथुमको बसन्तपुरमा रहेको प्रँथमिक स्वास्थ्य केन्द्रले आज बाट भिडीयो एक्स्रे सेवा शुरु गरेको छ । केन्द्रले लालीगुरा“स नगरपालिका बसन्तपुरको १२ लाख रुपैंयाको सहयोगमा उपकरण खरीद गरी आज बाट सेवा शुरु गरेको हो । नगर प्रमुख अर्जुन माबोहाङले एक कार्यक्रमका बिच सेवा शुभारम्भ भएको घोषणा गर्नुभयो । केन्द्रमा भिडीयो एक्स्रे सेवा शुरु भए पछि तेह्रथुम सहित धनकुटा, संखुवासभा र ताप्लेजुङ देखीका बिरामी सेवा लिन आएको केन्द्रका डाक्टर प्रफुल्ल गुरुङले वताउनु भयो ।

सेवा शुरु भएको पहिलो दिन आज २० जना वढी विरामीले सेवा लिएको केन्द्रले जनाएको छ । नगरपालिकाको आर्थिक सहयोगमा ल्याव, एसी, ईसिजी, भिडीयो एक्स्रे लगायतका सेवा एकै साथ शुरु गरीएको डाक्टर गुरुङले वताउनु भयो । दुई वर्ष अघि जिल्ला अस्पताल तेह्रथुमले जिल्लामै पहिलो पटक भिडीयो एक्स्रे सेवा शुरु गरेको थियो । केन्द्रमा भिडीयो एक्स्रे सेवा दिने विशेषज्ञ चिकित्सक नभएकाले तत्कालका लागि जिल्ला अस्पताल बाट प्रत्येक महिनाको दोस्रो र चौथो शनिवार डाक्टर रोहित कुमार झालाई ल्याएर सेवा दिने नगर प्रमुख माबोहाङले वताउनु भयो ।

भिडीयो एक्स्रे सेवा शुरु भएपछि गर्भवती महिला, शरिरको भित्री अंगमा चोट पटक लागेका, डिम्बासयमा समस्या भएका, मुटु, मृगौला, पेट लगायतका शरिरका अंगमा समस्या भएका बिरामीलाई राहत मिलेको डाक्टर झाले वताउनु भयो । यस अघि भिडीयो एक्स्रे गर्नु पर्ने विरामीलाई धरान र विराटनगर जानुपर्ने बाध्यता थियो ।

आफ्नो प्रतिक्रिया व्यक्त गर्नुहोस