प्याब्सन केन्द्रीय अध्यक्ष्ँ सम्वाहाम्फेलाई हराउदै एमाले पुर्व अध्यक्ष्ँ कन्दङवा विजयी

तेह्रथुम निर्वाचन क्ष्ँेत्र नम्वर १ प्रदेशसभा (ख) वाट बामगठवन्धनका उमेदवार एमाले पुर्व अध्यक्ष्ँ तेजमान कन्दङवा विजयी हुनुभएको छ । वाम गठबन्धनमा नेकपा एमालेबाट उम्मेदवार बन्नु भएका कन्दङवाले १० हजार ३ सय २ मत ल्याएर विजयी हुनु भएको हो । उहाले व्याव्सन केन्द्रीय अध्यक्ष्ँ समेत रहनु भएका कांगे्रस उमेदवार विजय सम्वाहाम्फेलाई २ हजार २ सय २२ मत अन्तरले पराजीत गर्नुभएको हो । उहाका निकटतम प्रतिद्धन्द्धी सम्वाहाम्फेले ८ हजार ४७ मत प्राप्त गर्नुभएको छ ।

प्रदेशसभा (क) मा पनि बाम गठवन्धनका उमेदवार एमाले अध्यक्ष्ँ लक्ष्मण तिवारी ११ हजार ७ सय २६ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाका निकटतम प्रतिद्धन्द्धी कांग्रेस जिल्ला सभापती गोविन्द ढुंगानाले १० हजार २ सय ६० मत प्राप्त गुर्नभएको थियो । त्यस्तै प्रतिनिधी सभा तर्फ बामगठवन्धन वाट उमेदवार वन्नु भएका निवर्तमान सभाषद तथा एमाले पुर्व अध्यक्ष्ँ भवानी खापुङले अग्रता लिईरहनु भएको छ । खापुङले १७ हजार १ सय ५९ मत प्राप्त गर्नुभएको छ ।

उहालाई भौतिक पुर्वाभार तथा यातायात राज्यमन्त्री तथा कांग्रेस केन्द्रीय सदस्य रहेत रहनुभएका उमेदवार सिता गुरुङले १४ हजार ६ सय १५ मतका साथ पछ्याईरहनु भएको छ ।

आफ्नो प्रतिक्रिया व्यक्त गर्नुहोस