एमाले अध्यक्षद्धारा कांग्रेस सभापती पराजीत

तेह्रथुम निर्वाचन क्षेत्र नम्वर १ प्रदेशसभा (क) वाट बामगठवन्धनका उमेदवार एमाले अध्यक्ष लक्ष्मण तिवारी विजयी हुनुभएको छ । वाम गठबन्धनमा नेकपा एमालेबाट उम्मेदवार बन्नु भएका तिवारी ११ हजार ७ सय २६ मत ल्याएर विजयी हुनु भएको हो ।

उहाले कांग्रेस उम्मेदवार गोविन्द ढुंगानालाई १ हजार ४ सय ६६ मतअन्तरले पछि पार्नु भएको छ । कांग्रेस जिल्ल्ला सभापती समेत रहनु भएका उम्मेदवार ढुंगानाले १० हजार २ सय ६० मत प्राप्त गर्नु भएको छ ।

प्रदेशसभा (ख) मा पनि बाम गठवन्धनका उमेदवार एमाले पुर्व अध्यक्ष तेजमान कन्दङवाको अग्रता कायमै छ । पछिल्लो मत परीणाम अनुसार कन्दङवाले ७ हजार ८ सय ८ मत प्राप्त गर्नुभएको छ । उहालाई व्याव्सन केन्द्रीय अध्यक्ष समेत रहनु भएका कांग्रेस उमेदवार विजय सम्वाहाम्फेले ५ हजार ८ सय ४५ मतले पछ्याईरहनु भएको छ ।

त्यस्तै प्रतिनिधी सभा तर्फ बामगठवन्धन वाट उमेदवार वन्नु भएका निवर्तमा सभाषद तथा एमाले पुर्व अध्यक्ष भवानी खापुङले अग्रता लिईरहनु भएको छ । खापुङले १४ हजार ३ सय ५४ मत प्राप्त गर्नुभएको छ । उहालाई भौतिक पुर्वाभार तथा यातायात राज्यमन्त्री तथा कांग्रेस केन्द्रीय सदस्य रहेत रहनुभएका उमेदवार सिता गुरुङले १२ हजार २ सय १६ मतका साथ पछ्याईरहनु भएको छ ।

आफ्नो प्रतिक्रिया व्यक्त गर्नुहोस