रेडियो तीनजुरे संचालक समिति अध्यक्ष्ँ तथा बामगठवन्धनका तर्पm वाट तेह्रथुम प्रदेससभा निर्वाचन क्ष्ँेत्र नम्वर १ का उमेदवार लक्ष्मण तिवारीको स्वास्थ्यमा सुधार, केहीवेरमै वसन्तपुर आईपुग्दै ………..

तेह्रथुम, मंसिर २१ – तेह्रथुमको वसन्तपुरमा रहेको रेडियो तीनजुरे संचालक समितिका अध्यक्ष्ँ तथा बामगठवन्धनका तर्फ वाट प्रदेशसभा निर्वाचन क्ष्ँेत्र नम्वर १ का उमेदवार लक्ष्मण तिवारीको स्वास्थ्य अवस्थामा सुधार भएको छ । स्वास्थ्य उपचार पछि तिवारीलाई अस्पतालले डिस्चार्ज गरेको छ । अहिले विहान केहीवेर पछि तिवारी हेलीकप्टर मार्फत वसन्तपुर आउदै हुनुहुन्छ ।

स्वास्थ्यमा सामान्य समस्या देखीए पछि स्वास्थ्य परिक्षणका लागि हिजो काठमाडौं जानुभएका उमेदवार तिवारीको स्वास्थ्य अवस्था सामान्य रहेको चिकित्सकले जनाएका छन् । सहिद गंगालाल हृदयरोग केन्द्र महाराजगञ्जमा उपचार पछि उमेदवार तिवारी आफैलाई भोट हाल्न केहीवेरमै वसन्तपुर आईपुग्ने उहाकी श्रीमती अञ्जु न्यौपानेले जानकारी दिनुभयो । तिवारीको डाक्टर रविन मास्केले स्वास्थ्य परिक्ष्ँण गुर्नभएको थियो ।

चिसोका कारण तिवारीको छातीमा सामान्य समस्या देखीएको र सामान्य उपचार पछि स्वास्थ्य अवस्था ठिक भैसकेको डाक्टर मास्केले वताउनु भयो । यसै विच जिल्ला स्थित केही राजनीतक पार्टीले तिवारीको स्वास्थ्य अवस्थालाई लिएर जिल्लावासीमा नकारात्मक भ्रम फैल्याएको भन्दै रेडियो तीनजुरे संचालक समितिले गम्भीर ध्यानकर्षण भएको जनाएको छ ।

प्रदेशसभा उमेदवार समेत रहेका रेडियो संचालक समिति अध्यक्ष्ँ तिवारीको स्वास्थ्य अवस्था सामन्य रहदा रहदै पनि चुनावी प्रतिष्पर्धामा रहेका केही राजनीतिक दलले स्वास्थ्य अवस्था वारे गलत हल्ला फैलाएको प्रति रेडियो संचालक समितिको गम्भीर ध्यानाकर्षण भएको रेडियो संचालक समितिका उपाध्यक्ष्ँ छत्रप्रसाद रिमालले वताउनु भयो । कसैको सामान्य स्वास्थ्य अवस्थालाई लिएर गलत प्रचार प्रसार नगर्न समेत सवै संग उपाध्यक्ष्ँ रिमालले अनुरोध गर्नुभएको छ ।

यसै विच अध्यक्ष्ँ तिवारीले केहीवेर प्रेश विज्ञप्ती जारी गरी आप्mनो सामान्य स्वास्थ्य अवस्थालाई लिएर जिल्लाका केही राजनीतिक दलले गलत प्रचार प्रचार गरीरहेको भन्दै त्यसो नगर्न अनुरोध गर्नुभएको छ । आफ्नो स्वास्थ्य अवस्थामा पुरै सुधार भएको र आफु पहिलेकै अवस्थामा आएको भन्दै अध्यक्ष्ँ तिवारीले केहीवेर पछि भोट हाल्न आफै उपस्थ्ति हुने वताउनु भएको छ ।

आफ्नो प्रतिक्रिया व्यक्त गर्नुहोस