काँकरभिट्टा गोल्डकप फुटबल : बदला लिने दाउमा मनाङ

झापा, मंसिर १५ – काँकरभिट्टा गोल्डकप फुटबलको उपाधीको लागि मनाङ मस्र्याङदी क्लव र त्रिभुवन आर्मी क्लबबिच प्रतिस्पर्धा हुँदैछ । खेल शुक्रबार दिउँसो साढे ३ बजे काँकरभिट्टामा सुरु हुनेछ । आर्मीले पुलिसलाई र मनाङले आयोजकलाई हराउँदै उपाधी भेट पक्का गरेका हुन् ।

मनाङ अाजकाे खेलमा एकहप्ता अघि आर्मीसँगको हारको बदला लिने दाउमा हुनेछ । झापाकै झिलझिलेमा भएको दोस्रो सताक्षी गोल्डकप फुटबलमा मनाङलाई हराउदै  आर्मीले उपाधि जितेको थियो । आजको विजेताले ८ लाख रुपैयाँ पुरस्कार पाउनेछ ।

आफ्नो प्रतिक्रिया व्यक्त गर्नुहोस