बार्सिलोना नेइमारको ठाउँ लिने खेलाडीको खोजीमा, प्राथमिकतामा तीन खेलाडी

साउन १४ – नेइमार फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) जाने तयारी गरिरहेका बेला बार्सिलोनाले उनको ठाउँ लिन सक्ने खेलाडीको खोजी सुरु गरेको छ । नेइमार विश्व कीर्तिमानी मूल्यमा पिएसजी अनुबन्ध हुन लागेको खबर आएका छन् ।

यहि बिचमा बार्सिलोनाले उनको ठाउँ लिन सक्ने खेलाडीको खोजी सुरु गरेको बेलायती पत्रिका मिररले जनाएको छ । यसमा प्रिमियर लिग क्लब लिभरपुलका फिलिपकोन्टिन्हो, चेल्सीका इडन हजार्ड र टोटनह्यामका डेल अली बार्सिलोनाको प्राथमिकतामा रहेको दाबी गरिएको छ ।

नेइमारको ठाउँमा अनुबन्ध गर्न सकिने खेलाडीको सूचिमा बार्सिलोनाले लिभरपुलका कोन्टिन्होलाई पहिलो स्थानमा राखेको छ । तर लिभरपुलले उनका लागि महंगो मूल्य माग्न सक्ने डर भने बार्सिलोनासँग रहेको छ । कोन्टिन्हो नभएमा हजार्ड र अली विकल्पमा रहेका छन् ।

 

आफ्नो प्रतिक्रिया व्यक्त गर्नुहोस