हाम्रो बारेमा

रेडियो तीनजुरे पुर्वाञ्चलको पर्यटकीय क्षेत्र गुराँसको राजधानी तीनजुरे मिल्के जलजलेको प्रवेशद्धार तेह्रथुमको लालीगुराँस नगरपालिका वसन्तपुर वाट संचालित सामदायिक रेडियो हो । समुदायको सक्रियतामा स्थापना भएको रेडियो तीनजुरेले संविधान दिवसको अवसर पारेर असोज ३ गते २०७३ साल वाट प्रसारण आरम्भ गरेको हो ।

यस रेडियोको व्यवस्थापन समुदाय स्तरवाटै हुने गरेको छ । यसको प्रशारण रेडियो तरङ्ग वाट तेह्रथुम सहित आसपासका जिल्लाहरु ताप्लेजुङ, पाँचथर, ईलाम, धनकुटा, संखुवासभा, भोजपुर, उदयपुर, खोटाङ, सोलुखुम्वु र पुर्वी तराईका जिल्लाहरु झापा र मोरङ्गको केही क्षेत्र र त्यस भन्दा पुर्व भारतको दार्जिलिङ सम्मका नेपाली भाषीहरु विच पुगेको छ ।

यो रेडियो साक्षर निरक्षर सवैका लागि प्रभावकारी संञ्चार माद्यम वनेको छ । समुदाय स्तरमै सुचना सञ्चार गर्ने भएकाले रेडियोमा स्रोताको वलियो पकड छ । पुर्वका पहाडी जिल्लामा यो रेडियो सुचना, शिक्षा र मनोरोञ्जनको वलीयो माद्यम वनेको छ । नागरिकको सुचनाको अधिकार र अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्दै समुदायमुखी घटना, विचार तथा सवाललाई रेडियो मार्फत समुदायमै साटासाट गराएर नागरिकलाई सुचित, शिक्षित र मनोरोञ्जीत गर्दा सामाजिक रुपान्तरण घनीभुत हुन्छ भन्ने रेडियोले विश्वास लिएको छ ।

यो रेडियो वाट सामाजिक रुपान्तरण, मानव अधिकारको संरक्षण र प्रवद्र्धन, जनस्वास्थ्य, पर्यावरण, पर्यटन, कृषि, विकास, लोकतन्त्र, समावेशीकरण, सुशासन, पारदर्शिता जस्ता समसामयिक विषयवस्तु समेटीएका कार्यक्रम प्रशारण हुन्छन् । यस रेडियोको प्रसारण क्षमता ५०० वाट रहेको छ भने १०३.८ मेगाहर्जमा सुन्न सकिन्छ । रेडियोको दैनिक प्रशारण विहान ५ वजे देखी राती ११ वजे सम्म नियमित रहेको छ । अललाईन सेवा र हाम्रो पात्रो एप्स मार्फत यो रेडियोलाई संसारभर एकै साथ सुन्न सकिन्छ ।